Gorkhali Press

दार्चुलामा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना निर्वाचित

धनगढी । दार्चुलामा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना निर्वाचित भएका छन् । ठगुन्नाले १८ हजार ८ सय ९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८ सय ८५ मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्तले ८ हजार ९ सय ३६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मण दत्त जोशी मतमा सिमित भए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा माओवादीका उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गरे ।

९२ हजार ९ सय ४८ मतदाता रहेको दार्चुलामा ४९ हजार ९६८ मत खसेको थियो । दार्चुलामा प्रतिनिधि सभा सदस्यको लागि ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । अन्य उम्मेदवारहरूले भने १ सय मत समेत कटाउन सकेनन् ।

यो संगै सुदूरपश्चिममा एमालेले दुई वटा सिट जितेको छ। अछाम– २ पनि अग्रता लिएको छ।

By Gorkhali Press

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.